PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन



पहिलोपोस्ट

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको उपाधि जितेको छ।

बिहीवार चितवनमा सम्पन्न फाइनलमा पुलिसले एक सेट हारेर पनि पुनरागमन गर्दै आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो।

रत्ननगरमा भएको खेलमा पुलिसले आर्मीलाई १८-२५,२५-२३,२५-१८,२५-११ ले पराजित गरेको हो।

च्याम्पियन पुलिसले नगद ३ लाख र ट्रफी हात पारेका छ। यस्तै उपविजेता आर्मीले १ लाख ७५ हजार प्राप्त गर्‍यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका रविन चन्द घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell