PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

ह्विलचियर एसिया कप क्रिकेट वैशाख १८ देखि हुने



पहिलोपोस्ट

ह्विलचियर एसिया कप क्रिकेट वैशाख १८ देखि हुने

काठमाडौँ : ह्विलचियर एसिया कप क्रिकेट २०७६ साल वैशाख १८ देखि हुने भएको छ।

नेपाल ह्विलचियर क्रिकेट संघले बिहीबार पत्रकार सम्मलेन गर्दै नेपालमै पहिलो पटक हुन लागेको यस प्रकारको क्रिकट वैशाख १८ देखि २१ गतेसम्म हुने जानकारी दिएको हो।

टी २० फर्म्याटमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको खेलहरु पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको मैदानमा हुनेछ।

सहभागि टोलीबीच सिंगल राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ र शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ।

नेपाल ह्विलचियर क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सुशील कोइराला मेमोरियल फाउण्डेसनले सहयोग गरेको छ।

यसअघि नेपालमा ह्विलचियर क्रिकेटको त्रिकोणात्मक सिरिज भएको थियो। नेपाल, भारत र बंगलादेश सहभागि उक्त सिरिज घरेलु टोली नेपालले जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell