PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

ओलम्पिक छनोट खेलेर नेपाली महिला टोली स्वदेश फर्कियो



पहिलोपोस्ट

ओलम्पिक छनोट खेलेर नेपाली महिला टोली स्वदेश फर्कियो
PHOTO : ANFA

काठमाडौं : सन् २०२० मा जापनमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोट (दोस्रो चरण) खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।

म्यानमार भएको समूह ए को खेल खेलेर नेपाली टोली बिहीवार काठमाडौँ आइपुगेको हो। टोलीलाई एन्फाको महिला समितिले स्वागत गरेको थियो।

पहिलो पटक ओलम्पिक छनोट चरण खेलेको नेपाल पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगेको थियो।

तर दवस्रो चरणमा भने पार गर्न सकेन। दोस्रो चरणमा नेपालले खेलेका तीन मध्ये एक खेल मात्र जित्न सक्यो भने दुई खेलमा हार बेहोर्‍यो।

नेपाल म्यानमार र भारतसँग समान ३-१ को स्कोरमा पराजित भएको थियो। समूहको अन्तिम खेलमा इन्डोनेसियालाई २-१ ले पराजित गर्दै नेपालले सान्त्वना जित हात पारेको थियो।

म्यानमार र भारत विरुद्ध कप्तान निरु थापाले गोल गरेकी थिइन् भने इन्डोनेसिया विरुद्ध जितमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell