PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

यू-१९ वर्ल्डकप क्वालिफायर : सिंगापुर विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल



पहिलोपोस्ट

यू-१९ वर्ल्डकप क्वालिफायर : सिंगापुर विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ : आजदेखि मेलसियामा सुरु हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियामा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्दैछ। सिंगापुरले टस जितेर बलिङ रोजेको छ भने नेपालले पहिले ब्याटिङ गर्दैछ।

खेल क्वालालम्पुरस्थित सेलाङ्गर ट्रफ क्लबमा नेपाली समय अनुासर ७:४५ बजे सुरु हुनेछ।

यस्तै आजै मलेसिया र युएई तथा ओमान र कुवेतबीच पनि खेल हुँदैछ। ६ राष्ट्र सहभागि एसियन क्वालिफायरबाट शीर्ष स्थानमा रहने एक ६ोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ वर्ल्डकपमा छनोट हुनेछ।
पहिलो पटक नेपालको एज ग्रु टोलीको कप्तानी गरेका रोहित कुमार पौडेलले यस पटक नेपाली टोलीको ब्याटिङ बलियो देखिएको र प्रतियोगिताको लागि कुनै दवाव नभएको बताएका छन्। साथै उनले २ वर्षदेखि सबै खेलाडी सँगै खेलिरहेकाले एकअर्कासँग परिचित रहेको बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell