PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

युरोपा लिग : क्वाटरफाइनल पहिलो लेगमा आर्सनल, चेल्सी, वेनफिका र भ्यालेन्सिया विजयी



पहिलोपोस्ट

युरोपा लिग : क्वाटरफाइनल पहिलो लेगमा आर्सनल, चेल्सी, वेनफिका र भ्यालेन्सिया विजयी

युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा द्ई लण्डन क्लब बर्सनल र चेल्सी विजयी भएका छन्।

यस्तै पोर्चुगिज क्लब वेनफिका र स्पानिस क्लब भ्यालेन्सियाले पनि जित हात पारेका छन्।

आर्सनलले इटालियन क्लब नापोलीलाई २-० ले पराजित गर्‍यो। आरोन राम्सेले १५औँ मिनेटमा बर्सनलका लागि पहिलो गोल गरेका थिए। त्यसको दश मिनेटपछि नापोलीका कालिडोउ काउलीबेलीले आत्मघाती गोल उपहार दिएका थिए।

उता मार्कोस अलोन्सोले ८६औँ मिनेटमा गरेको एक मात्र गोलको म्ददतमा चेल्सीले स्लाभिया ग्रागलाई १-० ले पराजित गरेको छ।

यस्तै जाओ फेलिक्सले ह्याट्रिक गरेपछि वेनफिकाले जर्मन क्लब एनट्राच फ्राङफर्टलाई ४-२ ले पारजित गरेको छ। फेलिक्सले २१औँ, ४३औँ र ५४औँ मिनेटमा गोल गरे। यस्तै रुवेन डियाजले एक गोल गरे। फ्राङफर्टका लागि लुका जोभिचले  र गोन्सालो पिएन्सियाले एक-एक गोल फर्काए।

खेलको २०औँ मिनेटमै इभान एन'डिकाले रातो कार्ड पाएपछि फ्राङफर्ट दश खेलाडीमा झरेको थियो।

अल स्पानिस खेलमा भ्यालेन्सियाले भियारियाललाई ३-१ ले हरायो। भ्यालेन्सियाका लागि गोन्सालो गुएडेसले २ र डानिएल वासले १ गोल गरे। भियारियालका लागि सान्टी काजोर्लाले एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell