PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले सिंगापुरलाई २१७ रनले हरायो



पहिलोपोस्ट

आईसीसी यू-१९ विश्वकप छनोट : नेपालले सिंगापुरलाई २१७ रनले हरायो

काठमाडौं : आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ। 

मलेसियामा आजबाट सुरु भएको छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको लक्ष्य दिएको थियो।

जवाफमा नेपालको उत्कृष्ट बलिङसामु टिक्न नसक्दा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो।

सिंगापुरका लागि इशान सावनले सर्वाधिक २८ र साइ भेनु गोपालले १८ रन बनाए भने बाँकी खेलाडीले दोहरो अंकसमेत छुन सकेनन्।

नेपालको लागि पवन सर्राफले ६ ओभर बलिङ गर्दा ५ ओभर मेडन राख्दै ५ रन खर्चेर ३ विकेट लिए। यस्तै कुशल मल्ल र सूर्य तामाङले २-२ तथा रसिद खानले १ विकेट लिए।

त्यसअघि क्वालालम्पुरस्थित सेलाङ्गर ट्रफ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्ध शतक मद्दतमा ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो।

शतक बनाउनबाट पाँच रनले चुकेका रोहितले १ सय ५ बल खेल्दै ७ चौका  र एक छक्का प्रहार गरेका थिए।

पौडेललाई पवन सर्राफ, भीम सार्की, रासिद खान र कमल सिंह ऐरीले गतिलो साथ दिए। रासिद खानले ४७ बलमा ४८ रन बनाउँदा रन आउट भए। नवौं नम्बरमा आएका ऐरीले १८ बलमै ३१ रन जोडे। त्यस्तै कुशल मल्लले १० र आसिफ शेखले ८ रन जोडे।

सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक चार विकेट लिए। यसैगरी राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell