PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

मातृभूमि कप क्रिकेटको तयारी पूरा



पहिलोपोस्ट

मातृभूमि कप क्रिकेटको तयारी पूरा

काठमाडौँ : धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगको लागि भोली मातृभूमि कप क्रिकेट आयोजना हुँदैछ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले उक्त क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको बताए। शुक्रबार आयोजित पत्रकार सम्मलेनमा कट्टेलले राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टोलीबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिए।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने उक्त खेलअघि मनदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कप्तानीमा रहने कलाकार टिमबीच १० ओभरको खेल समेत हुने उनले बताए।

यसअघि २३ गते उक्त खेल हुने भनिएपनि वर्षाका कारण हुन सकेको थिएन।

कट्टेलले जनस्तरबाट बन्न लागेको क्रिकेट मैदानको सहयोगको लागि हुन लागेको यस खेल हेर्न टीयू मैदानमा धेरै दर्शक आउने अपेक्षा गरे। '१५ देखि २० हजारसम्मको दर्शक आउने अपेक्षा छ।'

यस्तै राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सबै दर्शकलाई टीयूमा गएर भोलीको खेल हेर्न आग्रह गरेका छन्। उनीहरुले भोली राम्रो क्रिकेट खेल्दै दर्शकलाई भरपुर मनोरञ्जन दिने समेत बताए।

दुई खेलको लागि ३ सयको टिकट राखिएको छ। कलाकार टिमको खेल भोली बिहान १० बजे सुरु हुने र त्यसपछि पारस र ज्ञानेन्द्र टिमबीच खेल हुने पाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell