PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पूरै फिल्म देखाउनुस् भन्दै राजपा नेता महतोले भने : अब सडकमै भेटौला



पहिलोपोस्ट

पूरै फिल्म देखाउनुस् भन्दै राजपा नेता महतोले भने : अब सडकमै भेटौला

काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले हजारौं सीके राउत जन्माउने धन्दामा सरकार लागेको आरोप लगाएका छन्। उनले पार्टीहरु झगडा गर्नै व्यस्त रहेकाले विद्यार्थीहरुलाई आन्दोलनमा उत्रिन आह्वान समेत गरे।

सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा गडबडमात्रै भइरहेको बताए। 'प्रधानमन्त्री ओलीले सब ठीकठाक भनिरहेका छन्,' उनले भने, 'प्रधानमन्त्रीलाई सोध्या छ? त के ठीकठाक छ?

उनले प्रधानमन्त्रीमाथि कडा आक्षेप पनि लगाए। 'झापामा बञ्चरोले टाउको काट्ने सत्तामा रेशम चौधरीलाई चाहिँ आजीवन कारावास,' महतोले भने, 'सीके राउत हजारौं जन्माउने धन्दामा लाग्न भएन नि सरकार।'

उनले मुलुकको भविष्य विद्यार्थीहरु नै भएको बताउँदै यसलाई आन्दोलनको ट्रेलर रहेको बताए। भने, 'पूरै फिल्म देखाउनुस्। अब सडकमा भेटौला।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell