PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कुन मन्त्रालयको बेरुजु कति? अर्थ मन्त्रालय नै शीर्षमा



पहिलोपोस्ट

कुन मन्त्रालयको बेरुजु कति? अर्थ मन्त्रालय नै शीर्षमा

काठमाडौं : महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखाएको छ।

प्रतिवेदनले बढी बेरुजु हुने १० वटा मन्त्रालयको सूची बनाएको छ जसमा अर्थ मन्त्रालय शीर्षमा छ। अर्थ मन्त्रालयको बेरुजु २९ दशमलब ६६ प्रतिशत छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको प्रतिवेदनले मुलुकको आर्थिक अस्तव्यस्तताको यस्तो दृश्य देखाएको हो।

यसैगरी बढी बेरुजु हुने मन्त्रालयको दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ। यातायात मन्त्रालयको १९ दशमलव ४४ प्रतिशत बेरुजु रहेको छ।

यसैगरी, तेस्रो स्थानमा रक्षा मन्त्रालय रहेको छ। रक्षा मन्त्रालयको कुल बेरुजु १० प्रतिशत रहेको छ।

अन्य बेरुजु हुने मन्त्रालयहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ६ दशमलब ७२ प्रतिशत, खानेपानी मन्त्रालय ५ दशमलब ६८ प्रतिशत, उर्जा मन्त्रालय ५ दशमलब ५६ प्रतिशत रहेको छ।

यसैगरी, शहरी विकास ५ दशमलब ३०, संघीय मामिला ३ दशमलब ९१, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३ दशमलब ५१ र भूमि व्यवस्थापन, शहकारी तथा गरिबी निवारण मन्त्रालयको २ दशमलब १९ प्रतिशत बेरुजु रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell