PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

कुस्तीमा प्रदेश दुईले जित्यो ६ स्वर्ण, रमेश र श्रीजासु उत्कृष्ट खेलाडी



पहिलोपोस्ट

कुस्तीमा प्रदेश दुईले जित्यो ६ स्वर्ण, रमेश र श्रीजासु उत्कृष्ट खेलाडी

प्रदेश नं. २ ले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै पहिलो स्थान हासिल गरेको छ। प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो। १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरि तीन र नेपाली सेनाले ७० केजीमा एक स्वर्ण हात पार्‍यो।

प्रदेश २ का नरेश यादवले ५७ केजीमा स्वर्ण हात पारे। उनले नेपाली सेनाका तिलक देउजालाई पछाडी पारे। तेश्रो स्थानमा प्रदेश ७ का पारश चन्द र प्रदेश ६ का दीपक बुढा रहे। यस्तै ६१ केजी तौलमा प्रदेश २ का जयमंगल यादवले प्रदेश ३ का जादुलाल यादवलाई पछाडी पार्दै स्वर्ण हात पारे। नेपाल प्रहरीका भागवत शाह र प्रदेश ७ का अर्जून गुरुङले कास्य पाए।

६५ केजीमा नेपाल प्रहरीका रितेश प्रसाद यादवलाई पराजित गर्दै प्रदेश २ का १२ औं साग कास्य धारी सरोज यादवले स्वर्ण हात पारे। प्रदेश ६ का सोनाम रावत र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले कास्य पाए। ७९ केजी तौलमा प्रदेश २ का पुन्नीलाल राउतले स्वर्ण पाए। प्रदेश ३ का सुनिल कुमारा साहले रजत र प्रदेश ७ का विकास चन्द र प्रदेश ५ का जोगेन्द्र यादवले कास्य पाए।

९२ केजी तौलमा प्रदेश २ का सुमिर साहले नेपाल प्रहरीका सागर कुमार यादवलाई पराजित गर्दै स्वर्ण हात पारे। प्रदेश ५ का कमरुद्धिन मियाले कास्य पाए। १२५ केजी तौलमा प्रदेश २ का राज यादवले प्रदेश ७ का करण भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे। नेपाल प्रहरीका रामधारी प्रसाद यादवले कास्य पाए। प्रदेश ५ का बैजानाथ यादवले स्वर्ण हात पार्दा प्रदेश २ का मुक्तार आलमले रजत पाए। तेश्रो स्थानमा नेपाल प्रहरीका अब्दुल्ला मिया र प्रदेश ७ का भुवन चन्द रहे।

यस्तै ८६ केजीमा प्रदेश ५ का भुवनेश्वर यादवले प्रदेश ७ का संजय तीखावरीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे। नेपाल प्रहरीका सविन्द्र प्र. यादव र प्रदेश १ का श्रीलाल राजबंशीले कास्य पाए। यस्तै ९७ केजीमा प्रदेश ५ का रमेश गोतामेले स्वर्ण, प्रदेश २ का सन्दिप कुमार यादवले रजत र नेपाल प्रहरीका श्याम पटेलले कास्य पाए। सुरेश चुनाराले ७० केजीमा पुरुष तर्फ एक मात्र स्वर्ण दिलाए। उनले प्रदेश २ का मनोज प्रसाद यादवलाई पराजित गरे। तेश्रो स्थानमा प्रदेश ५ का फसिल राउत गरी र नेपाल प्रहरीका दिपेश राउत कुँवर रहे।

महिलातर्फ अघिल्लो दिन तीन स्वर्ण हात पारेको प्रदेश ७ ले कुल ६ स्वर्ण जित्यो। प्रदेश ७ की निरा आउजीले ६५ केजीमा स्वर्ण हात पारिन्। दोश्रो स्थानमा सेनाकी सुमित्रा मगर र तेश्रो स्थानमा पृजिन्ता तामाङ रहिन्। यस्तै ७ नं प्रदेशलाई स्वर्ण दिलाउने क्रममा ६८ केजी तौलमा विमला सुनारले स्वर्ण हात पारिन्। पुलिसकी निर्मला जागरीले रजत र प्रदेश ५ का शान्ति चौधरीले कास्य पाईन्।

यस्तै ७२ केजीमा लक्ष्मी खत्रीले स्वर्ण, पुलिसकी रेखा रावलले रजत र प्रदेश १ की सदिक्षा राईले कास्य पाईन्। यस्तै सेनाकी सुशिला चन्दले ६२ केजीमा स्वर्ण हात पारिन्। उनले प्रदेश ७ की सपना चन्दलाई पछाडी पारिन्। तेश्रो स्थानमा प्रदेश १ की सिमरन थापा मगर रहिन्। ७६ केजीमा प्रदेश १ की श्रीजासु गिरीले स्वर्ण पाईन्। प्रदेश ५ की लक्ष्मी डिसीले रजत र प्रदेश ७ की मल्लिका चन्दले कास्य पाईन्।

प्रदेश ७ ले हिजो भएको प्रतियोगितामा ५० केजी, ५३ केजी र ५५ केजीमा स्वर्ण हात पारेको थियो।

प्रतियोगितामा पुरुषतर्फ रमेश गोतामे र महिलातर्फ प्रदेश १ की श्रीजासु गिरी उत्कृष्ट खेलाडी घोषित भए।

विजयी खेलाडीहरुलाई प्रदेश ५ का सांसद बिष्णु पन्थी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रती, उप निर्देशक महेन्द्र राई र तुलसी कुमार महर्जन, नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणा लगायतले पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell