
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले स्वर्ण जितेका छन्।
शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका श्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६, ११–४ को सेटमा पराजित गरे।
एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए।