PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

बुद्धिचाल : मदन र सुजनालाई स्वर्ण



पहिलोपोस्ट

बुद्धिचाल : मदन र सुजनालाई स्वर्ण
बुद्धिचाल उद्घाटन

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन्। प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते।

सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवाकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे।

बर्दियाको ठाकुरद्वारामा भइरहेको प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडी सहभागी छन्। बैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष÷महिलामा समान ३–३ गरी ६ स्पर्धा समावेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell