PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आइपीएल : यस सिजन दिल्लीद्वारा कोलकता दोस्रो पटक पराजित



पहिलोपोस्ट

आइपीएल : यस सिजन दिल्लीद्वारा कोलकता दोस्रो पटक पराजित

इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत शुक्रवार भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।

कोलकताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा दिल्लीले १७९ रनको लक्ष्य १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

दिल्लीले कोलकलाई यस सिजन पराजित गरेको यो दोस्रो पटक हो। यसअघि दिल्लीको मैदानमा भएको पहिलो खेल सुपर ओभरमा दिल्लीले जितेको थियो। यस सिजन ७ खेल खेलिसकेको दिल्ली चौथो जितपछि ८ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। समान खेलबाट ८ अंक नै रहेको कोलकता सिजनको तेस्रो हारपछि पनि रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ।

दिल्लीका लागि ओपनर शिखर धवनले ६३ बल खेल्दै ११ चौका र २ छक्काको मद्दतमा नटआउट ९७ रन बनाए। यस्तै रिसभ पन्तले ४६रन योगदान गरे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले शुभमन गिलको अर्धशतक र आन्द्रे रसेलको आक्रमक ब्याटिङ मद्दतमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो। आइपीएलमा डेब्यु गरेका जोए डेन्लेसँगै ओपनिङ गरेकन गिलले ३९ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६५ रन बनाए। डेन्ले खेलको पहिलो बलमै आउट भएका थिए। यस्तै रसेलले २१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ४५ रन बनाए।

दिल्लीका क्रिस मोरिस, कगिसो रवाडा र किमो पउलले २-२ विकेट थए। नेपाली युवा खेलाडी सन्दीप लामिछाले दिल्लीको पहिलो रोजाईँमा नपर्दा किमो पउलले खेल्ने अवसर पाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell