PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

कञ्चनपुरमा भरुवा बन्दुक र ६५ वटा गोलीसहित टाउके बजारका एक जना पक्राउ



एम बम

कञ्चनपुरमा भरुवा बन्दुक र ६५ वटा गोलीसहित टाउके बजारका एक जना पक्राउ

कैलाली: कञ्चनपुरमा सशस्त्र प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ बाट सोही वडाको टाउके बजारका ५५ वर्षीय महेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 


सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्म त्रिनगरबाट खटिएको सशस्त्रको टोलीले नेपाल–भारत सीमा नजिकै रहेको  नमुना इँटा भट्टा क्षेत्रबाट शनिबार बिहान पक्राउ गरिएको हो। 


गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर चन्दका अनुसार शाहीका साथबाट ६५ वटा सिसाको गोलीसमेत बरामद गरिएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाउने तयारी गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट शाही विगत २ महिनादेखि सिकार खेल्दै आएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell