PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यू १९ विश्वकप छनोट : खराब मौसमका कारण नेपाल र युएईबीचको खेल रोकियो



पहिलोपोस्ट

यू १९ विश्वकप छनोट : खराब मौसमका कारण नेपाल र युएईबीचको खेल रोकियो

काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू १९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आज भइरहेको नेपाल र युएईबीचको खेल खराब मौसमका कारण रोकिएको छ।

नेपालले दिएको लक्ष्य पछ्याउादै युएईले ब्याटिङ गरिरहेको अवस्थामा खेल स्थगित भएको हो। क्वालालम्पुरको किनरारा मैदानमा वर्षाका कारण खेल स्थगित भएको हो। नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याउँदै युए२ले ३० ओभरमा १२२/३ रन बनाउँदा खेल रोकिएको हो।


किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर २४७ रन बनाएको थियो। ११५-५ को स्थितीमा रहेको नेपालको इनिङ्स हरि बहादुर चौहान र भिम शार्कीले अर्धशतक प्रहार गर्दै उकासेका थिए।


हरि र भिमले छैटौँ विकेटका लागि ९२ रनको साझेदारि गरे। हरिले ६७ र भिमले ५३ रन प्रहार गरे। यस्तै ओपनर रित गौचमले ४४ र आसिफ शखले २७ रन जोडे।

युएईका आर मुखर्जीले ४ र मोहमद फाराजुद्दिनले ३ विकेट लिए।

युएईका लागि ब्याटिङमा भृत्य अरविन्द ४७ रनमा नटआउट छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell