काठमाडौं: शनिबार कीर्तिपुरमा मातृभूमि कप 'क्रिकेट प्रतियोगिता' भयो । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ त्रिवि क्रिकेट मैदानमा कलाकारको टोली मैदानमा उत्रिए।
दुई टोलीको कप्तानी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए। मैत्रीपूर्ण खेलमा मदनकृष्ण श्रेष्ठको टोली विजयी भयो।