PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लनटेनिस : लिसानोभिच दिदीभाईलाई स्वर्ण



पहिलोपोस्ट

लनटेनिस : लिसानोभिच दिदीभाईलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोभिच र अश्लेषा लिसोनोभिच दिदीभाईको जोडीले स्वर्ण जितेका छन।

शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे। प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो भए।

पुरुष डबल्समा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगरको जोडीले प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल शाहीको जोडीलाई ६–३, ६–३ तथा एपीएफका इभान हो लिसानोभिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेट हराउदै फाइनलमा स्थान बनाए।

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ तथा एपीएफका प्रेरणा कोईराला र एनि माथेमाको जोडीले प्रदेश ४ का श्रीया भट्टराई र रोमिका बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरे।

प्रतियोगिताअन्तर्गत आइतबार पुरुष-महिला डबल्सको फाइनल हुनेछ भने पुरुष÷महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell