PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

टेबल टेनिसमा पुलिस च्याम्पियन, श्यान्टु र नवितालाई स्वर्ण



पहिलोपोस्ट

टेबल टेनिसमा पुलिस च्याम्पियन, श्यान्टु र नवितालाई स्वर्ण

दाङ : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा भएको टेबल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ।

प्रतियोगिताका सात स्पर्धामा ६ स्वर्ण ३ रजत र १ कास्य पदक हात पार्दै विभागीय क्लब नेपाल पुलिस राष्ट्रिय टेवल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो।

त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ १ स्वर्ण, २ रजत र ५ कास्य पदक हात दोस्रो बन्यो। तेस्रो भएको नेपाल आर्मी २ रजत ४ कास्य पदक जीतेको छ। त्यस्तै प्रदेश नं ३ ले ३ कास्य र प्रदेश नं ५ ले १ कास्य पदक हात पारे।

वुमेन्स सिंगल्समा नेपाल पुलिस क्लबकी नविता श्रेष्ठले स्वर्ण पदक जितिन्।

आठौ राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको वुमन्स् सिंगलमा स्वर्ण पदक हात पारेकी उनले राष्ट्रिय प्रतियोगितामा लगातार आठौं पटक जित हात पार्दै वुमन्स सिंगलको सर्वाधिक रेर्कड बनाउन समेत सफल भइन्। उनले फाइनलमा नेपाल पुलिसकै एलिना मर्हजलाई ४–२ को सेटमा पराजीत गरिन्।

राष्ट्रिय टेवल टेनिसको मेन्स् सिंगलमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले ह्याट्रिक गर्न सफल भएका छन्।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबकै प्रदिप रोकाँलाई ४–० को सोझो सेटमा पराजीत गर्दै स्वर्ण पदक हात पारेका स्यान्टुले राष्ट्रिय प्रतियोगितामा लगातार तिन पटक जित निकाल्दै ह्याट्रिको रेर्कड बनाउन सफल भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell