PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आठौं राष्ट्रिय खेलकूद : ट्रायथलनको उपाधि आर्मीलाई



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकूद : ट्रायथलनको उपाधि आर्मीलाई

पोखरा : आठौं राष्ट्रिय खेलकूद अन्तर्गत पोखरामा भएको ट्रायथलनमा विभागीय क्लब आर्मी र एपीएफले वर्चस्व जमाएका छन्।

ट्रायथलन अन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिुभवन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन्।

यसैगरी स्पर्धामा त्रिभुवन क्लबका बसन्त थारुले १ घन्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा एपीएफका नितेश मानन्धरले १ घन्टा १५ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारे।

यसैगरि महिलातर्फ एपीएफ क्लबकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन।  आर्मी क्लबकी केशरी थापा मगरले १ घन्टा २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पार्न सफल भइन्।

दुआथोलन स्प्रिन्टमा पुरुषतर्फ एपिएफ क्लबका लक्ष्मण मल्लले १ घन्टा १ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन्। सोही प्रतियोगितामा नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घन्टा १ मिनेट ५८ सेकेण्डमा पार गर्दै रजत र एपीएफका किरण कुमार मल्लले १ घन्टा ४ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जितेका छन्।

उक्त स्प्रिन्टमा ५ किमि दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुने गर्छ। यसै गरि दुआथलन महिला स्प्रिन्टमा एपीएफकी हुमी बुढामगरले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन। यसै गरि नेपाल आर्मीकी निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत र एपिएफकी शकुन्तला बुढामगरले १ घन्टा २९ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारिन्।

दुआथलन महिला तर्फ स्वर्ण र काश्य पदक जित्ने हुमी र शकुन्तला दिदी बहिनी हुन्। उनीहरु दुबै जना अल्ट्रा धाविकाको रुपमा आफूलाई स्थापित गरिसकेका छन्। कक्षा १२ मा अध्ययनरत हुमी सन २०१८ हङकङमा सम्पन्न अल्ट्रा रेसकी बिजेता समेत हुन भने उनी अब दुई महिना पछि हुने ५० किलोमिटर अल्ट्रा रेसमा सहभागिताका लागि जापान जाने तयारी समेत गर्दैछिन्।

विजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा बिकास समितीका अध्यक्ष दिपक कोइराला, नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला ट्रायथलन संघका अध्यक्ष सुमन देबकोटा लगाएतले विजेता खेलाडीलाई मेडल प्रमाणपत्र प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell