PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पारसको टिमलाई ज्ञानेन्द्रको टिमले हरायो, सुशनको ४ विकेट



पहिलोपोस्ट

पारसको टिमलाई ज्ञानेन्द्रको टिमले हरायो, सुशनको ४ विकेट

काठमाडौँ : धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहोगार्थ शनिवार कीर्तिपुरमा बयोजना गरेको मातृभूमि कप क्रिकेटमा नेपाली अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरुबीचको खेलमा ज्ञानेन्द्र मल्लको टोलीले राष्ट्रिय टिमका कप्तान पारस खड्काको टोलीलाई पराजित गरेको छ।

पारसको टिम ए लाई ज्ञानेन्द्रको टिम बी ले २४ रनले पराजित गरेको हो। टिम बी का लागि सुशन भारीले उत्कृंष्ट बलिङ गर्दै ४ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानेन्द्रको टिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको थियो। ओपनर प्रदिप ऐरिले सर्वाधिक ४६ रन बनाए भने बिनोद भण्डारीले ३० रन जोडे। यस्तै  राजु रिजालले २० रन, दिपेन्द्र ऐरिले १८ रन बनाए। पहिलो विकेटको लागि प्रदिप र बिनोदले ६६ रनको साझेदारी गरेपनि त्यसपछिका ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्।

पारसको टिम ‘ए’ को लागि भुवन कार्कीले २ विकेट लिए। यस्तै सोमपाल कामी, शरद भेषावकर र अभिनाश बोहरा ले १/१ विकेट लिए।

१४५ रनको लक्ष्य पछयाउने क्रममा पारसको टिमले पूरै २० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर १२० रन मात्रै बनाउन सक्यो। ओपनर अनिल शाह र शरद भेषावकरले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएपनि बाँकी खेलाडीले राम्रो स्कोर गर्न सकेनन्।

अनिलले ४१ र शरदले २७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

पारस खड्का ४, सुमित महर्जन ७, पृथु बास्कोटा ८, सोमपाल कामी ४, अमर सिंह रौटेला ७ रन बनाएर आउट भए। जितेन्द्र ठकुरी ५ र सोनु तामांग ८ रनमा अविजित रहे।

बलिङमा ज्ञानेन्द्र टिम ‘बि’ को लागि देब्रे हाते बलर सुशन भारिले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। यस्तै करन केसी, दिपेन्द्र सिंह ऐरि र जितेन्द्र मुखियाले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell