PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपीएल : बटलरको उत्कृष्ट ब्याटिङमा राजस्थानको दोस्रो जित



पहिलोपोस्ट

आइपीएल : बटलरको उत्कृष्ट ब्याटिङमा राजस्थानको दोस्रो जित

जोस बटलरले उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन बनाएपछि राजस्थान रोएल्सले इन्डियन प्रिमियर लिग (आइपीएल २०१९) मा दोस्रो जित हात पारेको छ।

शनिवार भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै सिजनको दोस्रो जित हासिल गरेको हो।

मुम्बईको भने यो तेस्रो हार हो। हारपछि ७ खेलबाट ८ अंक रहेको मुम्बई तेस्रो स्थानमै यथावत छ। यस्तै ७ खेलमा दुई जितबाट ४ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो (सातौँ) स्थानमा छ।

बटलरले ४३ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै ८९ रन बनाएपछि राजस्थानले १८८ रनको लक्ष्य १८.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। यस्तै अजिन्का रहानेले ३७ र सन्जु सामसनले ३१ रन योगदान गरे। श्रेयास गोपालले ७ बलमा नटआउट १३ रन जोडे। मुम्बईका क्रुनल पाण्ड्याले ३ र जसप्रित बुमराहले २ विकेट लिए।

त्यसअघि क्वेन्टन डे ककले अर्धशतक प्रहार गरेपछि मुम्बईले ५ विकेट गुमाएर १८७ रन बनाएको थियो। घरेलु मैदानमा डे ककले ५२ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै रोहित शर्माले ४७ रन बनाए भने हार्दिक पाण्ड्याले ११ बलमा नटबउट २८ रन जोडे। राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell