PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु, तीनधारा पाठशालाबाट असन पुर्‍याइयो

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु, तीनधारा पाठशालाबाट असन पुर्‍याइयो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं:  सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ।

जनबहा: मा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर असन हुँदै तीनधारा पाठशाला अगाडी बनाइएको रथमा बिधिपूर्वक बिराजमान गराएर रथारोहण गराइएको हो।  

तीनधारा पाठशालाबाट रथलाई घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनमा रहेको अन्नपूर्ण मन्दिरमा पुर्‍याएर आज पहिलो दिनको रथ यात्रा समापन भएको छ।

दोस्रो दिन भोली असन, जनबहा: हुँदै हनुमानढोकास्थित कालभैरवसम्म रथलाई लगिन्छ।

तेस्रो दिन कालभैरवबाट,मरु, चिकंमुगल, मजिपात, जैशीदेवलहुँदै लगनटोलसम्म पुर्‍याइनेछ।

लगनमा रहेको मच्छिन्द्रनाथको आमा अवलोकितेश्वर मन्दिरमा तीनपटक घुमाएर मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर पुन: जनबहा: स्थित मन्दिरमा स्थापना गरेपछि सेतो मच्छिन्द्रनाथको जात्रा समापन हुन्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell