PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपीएल : कोहली-डे भिलियर्सको अर्धशतक, लगातार ६ हारपछि बैँगलोरको पहिलो जित



पहिलोपोस्ट

आइपीएल : कोहली-डे भिलियर्सको अर्धशतक, लगातार ६ हारपछि बैँगलोरको पहिलो जित

विराट कोहलीको कप्तानीमा रहेको रोएल चयालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आइपीएलमा पहिलो जित हात पारेको छ।

कप्तान कोहली र ए डिभियर्सले अर्धशतक प्रहार गरेपछि बैँगलोरले शनिवार किंग्स एलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको हो।

यस सिजन लगातार ६ हार बेहोरेपछि बैंगलोरले पहिलो जित हात पारेको हो। बैंगलोरको लागि कोहलीले ६७ रन बनाए। यस्तै डे भिलियर्सले नटआउट ५९ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै जितको आधार तया गरेका थिए।

पञ्जावले दिएको १७४ रनको लक्ष्य बैंगलोरले ४ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको हो।

अन्तिम ३ बलमा बैंगलोरलाई जितका लागि ३८ रन चाहिएको अवस्थामा १८औँ ओभरमा १८ र १९औँ ओभरमा १४ रन जोडेको थियो। अन्तिम ओभरमा मार्कुस स्टोइनिसले पहिलो बलमा चौका र दोस्रो बलमा २ रन लिँदै जित पक्का गरे।

त्यसअघि क्रिस गेलको नटआउट ९९ रनको मद्दतमा पञ्जावले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो। ओपनर गेलले ६४ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरे। यस्तै लोकेश राहुल र मन्दीप सिंहले १८-१८ तथा मायांक अग्रवाल र सर्फ्राज खानले समान १५ रन जोडे। बैंगद्यवरका युजभेन्द्र चाहलले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell