PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रिमियर लिग : लुकासको ह्याट्रिकमा टोटनहम तेस्रो स्थानमा, पोग्वाको दुई पेनाल्टी गोलमा म्यानचेष्टर युनाइटेड विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : लुकासको ह्याट्रिकमा टोटनहम तेस्रो स्थानमा, पोग्वाको दुई पेनाल्टी गोलमा म्यानचेष्टर युनाइटेड विजयी

लुकास माउराले ह्याट्रिक गरेपछि हडर्शिफल्ड टाउनलाई ४-० ले पराजित गर्दै टोटनहम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ। यस्तै पउल पोग्वाले दुई पेनाल्टी गोल गरेपछि म्यानचेष्टर युनाइटेडले वेष्टहमलाई २-१ ले पराजित गरेको छ।

घरेलु मैदानमा टोटनहमका लागि लुकासले २७औँ, ८७औँ मिनेट र इन्जुरी टाइममा गोल गरे। यस्तै भिक्टोर वानयमाले २४औँ मिनेटमा गोल गरे। जितपछि टोटनहमले ३३ खेलबाट ६७ अंक जोडेको छ। ३३ खेलबाट ८२ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ।

उता पोग्वाले १९औँ र ८०औँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेपछि युनाइटेडले वेष्टहम विरुद्ध ३ अंक जोडेको छ।

वेष्टहमका लागि फिलिपे एण्डरसनले ४९औँ मिनेटमा गोल गरे। जितपछि ३३ खेलबाट ६४ अंक जोड्दै युनाइटेड पाँचौ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell