PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ला लिगा : पहिलो रोजाईँका खेलाडीलाई आराम दिँदा बार्सिलोना बराबरीमा रोकियो, एट्लेटिको विजयी



पहिलोपोस्ट

ला लिगा : पहिलो रोजाईँका खेलाडीलाई आराम दिँदा बार्सिलोना बराबरीमा रोकियो, एट्लेटिको विजयी

स्पानिस ला लिगामा लिग लिडर बार्सिलोना हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको छ। कप्तान लियोनल मेसीसहित पहिलो रोजाईमा १० खेलाडीलाई आरम दिँदा बार्सिलोनाले हुएस्कासँग अंक बाँड्नु परेको हो।

दुई दिनअघि च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको टोलीमा रहेका ११ मध्ये गोलकिपर मार्क टेर स्टेगनले मात्र हुएस्का विरुद्ध पहिलो रोजाईमा खेलेका थिए।

बराबरीपछि ३२ खेलबाट ७४ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ।

यस्तै बार्सिलोना बराबरीमा रोकिँदा दोस्रो स्थानको एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ। एट्लेटिकोको लागि एन्टोनी ग्रीजमन र अल्भारो मोराटाले १-१ गोल गरे।

जितपछि एट्लेटिकोले बार्सिलोनासँग अंकदूरी ९ मा घटाएको छ। ३२ खेलबाट एट्लेटिकोको ६५ अंक भएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell