PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी



पहिलोपोस्ट

लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
फाइल फोटोः लुक्ला विमानस्थल

सोलुखुम्बुः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ। पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन। प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ। विस्तृत विवरण आउन बाँकी छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell