PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुक्ला विमानस्थलमा हवाइजहाज र हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते



वसन्तराज उप्रेती

लुक्ला विमानस्थलमा हवाइजहाज र हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
तस्विरः विशाल खड्का

काठमाडौँः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमानले पार्किङमा राखिएको मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। विमानस्थलभित्रै पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो।

टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्किएको थियो। दुर्घटनापछि विमानमा आगो लागेको थियो। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। 

लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा दुर्घटना भएको हो। 

दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।

दुर्घटनामा विमानस्थलमा कार्यरत सुरक्षाकर्मी र समिट एयरकै को-पाइलटको मृत्यु भएको छ। मृत्यु हुनेमा को-पाइलट सुनील ढुङ्गाना र प्रहरीका असई राम बहादुर खड्का रहेको पुष्टि भएको छ। 

 शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। घाइतेलाई पनि काठमाडौँ ल्याइएको छ।

आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो।   

समिटको विमानमा के कति यात्रु थिए पुष्टि भएको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell