PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एक वर्षअघि लुक्लामै दुर्घटनाबाट जोगिएको थियो आज दुर्घटना भएको समिट एयरको विमान



पहिलोपोस्ट

एक वर्षअघि लुक्लामै दुर्घटनाबाट जोगिएको थियो आज दुर्घटना भएको समिट एयरको विमान

काठमाडौँ :  नयाँ वर्ष २०७६ को पहिलो दिन लुक्लामा दुर्घटना भएको समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान गत वर्ष पनि सोही विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको थियो। 

२०७५ वैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना यात्रु लिएर लुक्ला उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्यामा परेको थियो। 

ह्विल लक भएको विमान रनवेको दायाँ पट्टी चिप्लिएको थियो। घटनामा कसैलाई केही भएन। 

तर यो वर्ष भने यो विमान दुर्घटनाबाट जोगिन सकेन। 

छोटो र कच्ची रनवेमा पनि ल्यान्डिङ गर्न सक्षम चेक गणतन्त्रमा बनेको यो विमान आज बिहान उडानको क्रममा रनवेको दायाँपट्टी चिप्लिन पुग्यो। त्यो ठाउँमा मनाङ एयरको हेलिकप्टर थियो। समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरमा

ठोक्कियो, त्यसपछि  घिस्रिएर तल्लो हेलिप्याडतिर खस्यो। 

यति हुँदा आगो लागिसकेको थियो। 

समिट एयरको विमानमा तीन जना मात्र थिए। दुर्घटनामा समिट एयरका को–पाइलट सुनील ढुङ्गानाको मृत्यु भयो भने पाइलट रवीन्द्र रोकायको उपचार भइरहेको छ।

मनाङको हेलिकप्टरमा क्याप्टेन चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा थिए। उनीहरुको उपचार ग्रान्डी अस्पतालमा भइरहेको छ।  

घटनास्थलमा रहेका प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका लागि ग्रान्डी अस्पतालमा पुर्‍याइएका नेपाल प्रहरीका असई रुद्र बहादुर श्रेष्ठको उपचारकै क्रममा निधन भयो। ५२ वर्षका स्याङबोचे कार्कीसहित चार जनाको ग्रान्डीमा उपचार भइरहेको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell