PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

'कलंक'को टिकट मूल्य बढाउन करण जोहरको माग



पहिलोपोस्ट

'कलंक'को टिकट मूल्य बढाउन करण जोहरको माग

फिल्म 'कलंक' बलिउडमा प्रतिक्षित फिल्म हो। प्रदर्शनको तयारीमा रहेको फिल्ममा मल्टिस्टारहरुको अभिनय छ। अभिषेक वर्माले निर्देशन गरेको फिल्ममा आलिया भट्ट, वरुण धवन, संजय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपुर र सोनाक्षी सिन्हाको प्रमुख भूमिका छ।

करण जोहर निर्मित फिल्मले टिकट मूल्य बढाउन हल संचालकलाई माग गरेका छन्। टिमले आमिर खानको 'ठग्स अफ हिन्दूस्तान'ल] लिएको टिकेट मूल्यमा १० प्रतिशत बढाउन माग गरेका छन्। त्यतिखेर 'ठग्स अफ हिन्दूस्तान'ले मल्टिप्लेक्समा ४०० देखि १५०० दरमा टिकट बेचेको चर्चा छ।  

तर कति हल संचालकहरु भने फिल्मले त्यस किसिमको टिकट मूल्य बढाउने हाइप बनाइनसकेको पक्षमा छन्। यद्यपि टिकट मूल्य बढाइसकेको छ। जी सेभेन मल्टिप्लेक्सका प्रमुख मनोज देसाईंले भनेका छन् '९ दिनको लागि टिकट मूल्य १० प्रतिशतले बढाएका हौं। त्यसपछि भने 'कलंक'को  टिकट साधारण मूल्य ११० देखि १४० मा नै बितरण गरिनेछ।'

'ब्लकबस्टर' संकेत गर्ने फिल्मले मात्र साधारण टिकट दरमा मूल्य बढाउने गर्छ। तर यहाँ 'ब्लकबस्टर' भन्दा पनि बढी मूल्य बढाउन निर्माण टिमले हल संचालकलाई माग गरेका छन्।

ट्रेड एनालाइसिस्ट अतुल मोहन बताउँछन् 'यो ठूलो ब्यानरको फिल्म हो। निर्माताले टिकट दरको मुल्य बढाउन माग गर्नु सामान्य कुरा हो।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell