PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पोस्टरमा गौरव पहारीको 'पसिना'



पहिलोपोस्ट

पोस्टरमा गौरव पहारीको 'पसिना'

काठमाडौं: गौरव पहारी अभिनित फिल्म 'साइँली'ले समीक्षात्मक हिसाबमा चर्चा कमायो। हालै, प्रदर्शनमा आएको फिल्मबाट उनले पनि आफ्नो अभिनयको सकरात्मक प्रतिक्रिया बटुले।

अब उनी अभिनित फिल्म 'पसिना' प्रदर्शनको तयारीमा छ। फिल्मको फस्ट लुक पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएका तीन पोस्टरमा फिल्मका मुख्य अभिनेता गौरवसँगै अनु शाह,सरोज खनाल चित्रित छन्।

फिल्मलाई आर.बि खत्रीले निर्देशन गरेका हुन्। फिल्ममा अन्य कलाकार  रवि गिरी, धुर्व कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतको अभिनय छ। फिल्म वैशाख २७ गतेदेखि प्रदर्शनमा आउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell