PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्कियो



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्कियो

दोस्रो हाफमा दुई गोल गर्द चेल्सीलाई पराजित गरेपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ।

आइतवार भएको खेलमा लिभरपुलले चेल्सीलाई २-० ले पराजित गरेको हो। घरेलु मैदान एन्फिल्डमा लिभरपुलले तीन मिनेटको अन्तरमा दुई गोल गरेको हो।

५१औँ मिनेटमा साडियो मानले पहिलो गोल गरे भने ५३औँ मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि दोस्रो गोल गरे।

त्यसअघि आइतवारै भएको खेलमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दै केही समयका लागि शीर्ष स्थान कब्जा गरेको थियो।

तर चेल्सीमा शानदार जितपछि लिभरपुल शीर्ष स्थानमा फर्केको हो। ३४ खेलबाट लिभरपुलले ८५ अंक जोडेको छ भने एक खेल कम खेलेको सिटीको ८३ अंक छ। दुवै क्लबको जितपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको छ।

लिभरपुलले अब कार्डिफ र न्यूकासलसँग अवे मैदानमा  र हडर्शफिल्ड र वल्भ्ससँग घरेलु मैदानमा खेल्न बाँकी छ। उता सिटीले भने टोटनहम र म्यानचेष्टर युनाइटेडसहित पाँच खेल खेल्न बाँकी छ। सिटीले टोनहमसँग घरेलु मैदान र युनाइटेडसँथ अवे मैदानमा खेल्नेछ। यस्तै लेस्टरसँग घरेलु मैदान तथा बर्नली र ब्राइटनसँग अवे मैदानमा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell