PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आइपीएल : हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो



पहिलोपोस्ट

आइपीएल : हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो

सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ।

आइतवार भएको खेलमा दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको हो।

१५ रनको लागि ८ विकेट गुमाएपछि हैदरावादले दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा ११६ रनमा अलआउट भयो।

जितपछि ८ खेलबाठ १० अंक जोड्दै दिल्ली दोस्रो स्थान उक्लेको छ। समान खेलबाट १४ अंकका साथ चेन्नाई शीर्ष स्थानमा छ।

हैदरावादका लागि ओपनर डेविड वार्नरले ५१ तथा जोनी बेर्स्टोवले ४१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

हैदरावादलाई अलआउट गर्न दिल्लीका कगिसो रबाडाले ३.५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। यस्तै क्रिस मोरिस र किमो पउलले ३-३ विकेट लिए।

त्यसअघि हैदरावादको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। दिल्लीका लागि कप्तान श्रेयाष अयेरले सर्वाधिक ४५ रन बनाए। यस्तै यस सिजन पहिलो खेल खेलेका कलिन मनरोले ४० रन जोडे।

हैदरावादका लागि खलिल अहेमदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell