PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टोली घोषणा, स्मिथ र वार्नरको पुनरागमन, ह्याण्ड्सकम्ब र हाजलउड परेनन्



पहिलोपोस्ट

विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टोली घोषणा, स्मिथ र वार्नरको पुनरागमन, ह्याण्ड्सकम्ब र हाजलउड परेनन्

आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी विश्वकपका लागि अष्ट्रेलियाली टोलीमा पूर्व कप्तान स्टिभ स्मिथ डेविड वार्नरले स्थान बनाएका छन्।

सन् २०१८ मार्चमा दक्षिण अफ्रिका विरुद्ध बल टेम्परिङ काण्डमा परेपछि २९ वर्षीय स्मिथ र ३२ वर्षीय वार्नलरे अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। एक वर्षको प्रतिवन्ध अवधि सकाएर यी दुई खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा पर्केका हुन्। हाल दुवै इन्डियन प्रिमियर लिग आइपीएलमा खेलिरहेका छन्।

स्मिथ र वार्नर

यी दुई खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गर्दा अहिले फरममा रहेका ब्याट्सम्यान पिटर ह्याण्ड्सकम्ब र फास्ट बलर जोस हाजलउड भने १५ सदस्यीय टिममा अटाउन सकेनन्।

ह्याण्ड्सकम्ब

अष्ट्रेलियाले पाँच फास्टर बलर र दुई स्पिनरलाई टिममा राखेको छ। मिचेल स्टार्कसहित, प्याट कमिङ्स, झ्ये रिचर्डसन, जासोन बारोनडर्फ र नाथन कल्टर निल फास्टर बलरको रुपमा छन् भने नाथन लियोन र एडम जाम्पा स्पिनरको रुपमा छन्।

यस्तै ग्लेन म्याक्सवेल र मार्कुस स्टोइनिस अलराउण्डरको रुपमा टिममा छन् भने एलेक्स केरी एक्लो विकेटकिपर छन्।

ब्याट्सम्मयानमा स्मिथ र वार्नरसँगै कप्तान आरोन फिन्च, उस्मान खवाजा, सन मार्स छन्।

३० मे देखि जुलाई १४ सम्म हुने विश्वकपका लागि न्यूजिल्याण्डले यसअघि नै केन विलियमसनको कप्तानीमा १५ सदस्यी टोली घोषणा गरिसकेको छ।

यस्तै भारतले पनि चाँडै टोलि घोषणा गर्दैछ।

१२औँ संस्करणको विश्वकपमा आइसीसीको १० फूल मेम्बर सदस्य राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणमा कूल ४५ खेल हुनेछन्। त्यसपछि दुई सेमिफाइनल र एक फाइनल हुनेछ।

लिग चरणमा अंकतालिकामा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ।

 

अष्ट्रेलियाली टोली :

आरोन फिन्च, उस्मान खवाजा, सन मार्स, स्टिम स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सेवल, मार्कुस स्टोइनिस, एकेक्स केरी, मिचल स्टार्क, प्याट कमिङ्स, झ्ये रिचर्डसन, जासोन बारोनडर्फ, नाथन कल्टर निल, नाथन लियोन, एडम जाम्पा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell