PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

दुई डेब्यूू कलाकारमा स्टारकिड सुहाना थापाको चर्चा



पहिलोपोस्ट

दुई डेब्यूू कलाकारमा स्टारकिड सुहाना थापाको चर्चा

काठमाडौं:  गत शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा छन्। झरना थापा निर्देशित 'ए मेरो हजुर ३' र सम्राट शाक्य निर्देशित 'यात्रा : अ म्यूजिकल भ्लग' एकसाथ प्रदर्शनमा आएका फिल्महरु हुन्। नेपालीसँगै तीन विदेशी फिल्म पनि यो साता नेपाल प्रदर्शनमा आए।

'ए मेरो हजुर ३'बाट अभिनेत्री झरनाले छोरी सुहाना थापालाई रजतपटमा डेब्यू गराइन्। 'यात्रा : अ म्यूजिकल भ्लग'बाट पनि नयाँ कलाकार मलिका महतले फिल्म क्षेत्रमा प्रवेश गरिन्। एकसाथ पर्दामा भिड्दै गरेका यी दुई फिल्मका नव-अभिनेत्रीको डेब्यू कस्तो रह्यो त?

स्टारकिड सुहानाको अभिनयलाई लिएर फिल्मकर्मीबीच चर्चा सुरु भएको छ। उनले पहिलो फिल्मबाट अभिनयमा सम्भावना देखाएकी छिन्। यता मलिकाले पनि आफ्नो अभिनयको सकरात्मक प्रतिक्रिया बटुलेकी छिन्।

फिल्ममा अनमोलको अपोजिटमा देखिएकी छिन् सुहाना। त्यस्तै 'ए मेरो हजुर २'बाट डेब्यू गरेका सलिनमान बनियाँको स्क्रिन जोडी बनेर मलिकाले 'यात्रा: अ म्यूजिकल भ्लग'मा अभिनय गरेकी हुन्। एकसाथ प्रदर्शनमा आएका यी दुई फिल्मका डेब्यू कलाकारहरुमा सुहानाको चर्चा फिल्म क्षेत्रमा निकै सुन्न पाइन्छ। स्टारकिडले युवा स्टार अनमोलसँग स्क्रिन सेयर गरेपछि चर्चा स्वभाविक हो। तर, यहाँ सबैले उनको अभिनयको समेत तारिफ गरेका छन्।

तर, यहाँ कुनै नाता बिना फिल्म क्षेत्रमा प्रवेश गरेको बताउने मलिकाको चर्चा सुहानाको अगाडि फिक्का देखिएको छ। के झरनाकी छोरी भएका कारण सुहानाको चर्चा चुलिएको हो त ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell