PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराते जेठ ९ देखि



पहिलोपोस्ट

नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराते जेठ ९ देखि

काठमाडौँ : राष्ट्रिय गोजुरियो कराते लो संघ नेपालको, सुदूरपश्चिम प्रदेशको आयोजनामा यही जेठ ९ देखि ११ सम्म नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता हुने भएको छ।

संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ३ दिने प्रतियोगिता धनगढीमा हुने जानकारी गराएको हो। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका खेलाडीले सहभागिता जनाउनेछन्।

भारतबाट मात्र चार सय भन्दा बढी खेलाडी आउने र प्रतियोगितामा करिब एक हजार खेलाडीले सहभागिता जनाउने संघका महासचिव तथा प्रतियोगिताका संयोजक प्रकाश चन्दले जानकारी दिए।

काता कुमिते र टिम कुमिते गरी विभिन्न तीन विधामा प्रतिस्पर्धा गराइने यस प्रतियोगितामा उमेर समूहका खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन्।

सबै स्पर्धामा गरी कूल ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

 

१० लाखको प्रायोजन सम्झौता

प्रतियोगिताको मुख्य प्रायोजकमा राष्ट्रवादी विकासशिल अभियान रहेको छ। आयोजक राष्ट्रिय गोजुरियो कराते लो संघले सोमबारै राष्ट्रवादी विकासशिल अभियानसँग प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा १० लाख बराबरको सम्झौता गरेको छ। सम्झौतामा संघका तर्फबाट अध्यक्ष गणेश कार्की र अभियानका अध्यक्ष कमल बहादुर श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापछि राष्ट्रवादी विकासशिल अभियानले संघलाई प्रतियोगिता गर्न नगद ८ लाख उपलब्ध गराउने संयोजक चन्दले बताए। यस्तै राष्ट्रवादी विकासशिल अभियानले २ लाख बराबरको विभिन्न खेल सामाग्री समेत प्रदान गर्ने भएको छ।

आयोजकले यसलाई नेपालको सबैभन्दा ठूलो नगद पुरस्कार राशीको प्रतियोगिता रहेको दाबी गरेको छ। प्रतियोगिताको विजेताले नगद ७५ हजार प्राप्त गर्नेछन्।

आयोजकका अनुसार प्रतियोगिताको बजेट ४१ लाख ९१ हजार रहेको छ। बाँकी बजेटका लागि आयोजकलाई स्थानिय निकाय, स्थानिय व्यापरीहरुले सहयोग गर्ने आयोजकले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell