PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

साइक्लिङ क्रस कन्ट्रीमा ओकेश र लक्ष्मीलाई स्वर्ण



पहिलोपोस्ट

साइक्लिङ क्रस कन्ट्रीमा ओकेश र लक्ष्मीलाई स्वर्ण

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको क्रस कन्ट्रीमा पुरुषतर्फ ओकेशराज बज्राचार्य र महिलातर्फ लक्ष्मी मगरले स्वर्ण जितेका हुन्।

बाँकेको बैजनाथ गाउँपालिका गाभरमा भएको प्रतियोगितामाआर्मीका ओकेशले ४.६ किलोमिटरको ५ ल्याप १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे।

त्यस्तै आर्मीकै हिमाल टमाटाले १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते। गण्डकी प्रदेशका हिक्मत विकले १ घण्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पूरा गरे।

यस्तै प्रदेश ३ की लक्ष्मीले महिलातर्फ ४.६ किलोमिटरको ४ ल्याप १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन्।

दोस्रो हुँदै रजत जितेकी प्रदेश १ की उषा खनालले निर्धारित दूरी १ घण्टा ३३ मिनेट ३८ सेकेन्डमा पूरा गरिन्। प्रदेश तीनकी निर्जला ताम्राकार १ घण्टा ३५ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन्।

एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell