
आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी विश्वकपका लागि भातरको टोली घोषणा भएको छ। सोमवार मुम्बईमा विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो।
सेलेक्सन प्यानलका प्रमुख एमएसके प्रसाद र कप्तान विराट कोहलीको मुम्बईस्थित बिसिसिआई हेडक्वाटर पुगेर टोली घोषणा गरेका हुन्।
भारतमा अहिले १२औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ भइरहेको छ। विश्वकप खेल्न छानिएका १५ सदस्यीय टोलीको सबै खेलाडी अहिले आइपीएल खेलिरहेका छन्।
टोलीका परेका १५ मध्ये चेन्नाई र मुम्बईबाट सर्वाधिक ३-३ खेलाडी परेका छन्। यस्तै पञ्जावबाट एक खेलाडी मात्र परेका छन्। राजस्थान रोएल्सबाट भने कुनै पनि खेलाडी विश्वकप खेल्ने टिममा अटाउन सकेनन्।
चेन्नाई सुपर किंग्स : एमएस धोनी, केदार जादव, रविन्द्र जडेजा
मुम्बई इन्डियन्स : रोहित शर्मा, हार्दिक पाण्ड्या, जसप्रित बुमराह
दिल्ली क्यापिटल्स : शिखर धवन, मोहम्मद शामी
कोलकता नाइट राइडर्स : दिनेश कार्तिक, कुदलिप यादव
सनराइजर्स हैदरावाद : भुवनेश्वर कुमार, विजय शंकर
रोएल च्यालेन्जर्स बैंगलोर : विराट कोहली, युजभेन्द्र चाहल
किंग्स ११ पञ्जाव : लोकेश राहुल