भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइयो। २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइएको थियो ।
नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो।
सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको हो।