PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण



पहिलोपोस्ट

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

बुटवल : आठौं राष्ट्रिय खेलकुदमा गैरआवसिय नेपाली संघ (एनआरएनए) ले पहिलो स्वर्ण जितेको छ। आठौँ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण बज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन्।

बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए।

महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन्। फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–०, ६–२ को सेटमा सहजै हराइन्। आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell