PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

चार दिनदेखि सम्पर्कविहीन किशोरको शव आधा गाडिएको अवस्थामा भेटियो, युवतीसहित २ जना पक्राउ



एम बम

चार दिनदेखि सम्पर्कविहीन किशोरको शव आधा गाडिएको अवस्थामा भेटियो, युवतीसहित २ जना पक्राउ

कैलाली : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक युवकको शव फेला परेको छ। चार दिनदेखि सम्पर्कबाहिर रहेका कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय सुविल बडायकको सोमबार शव भेटिएको हो।

उनी गत चैत २८ गते कृष्णपुर नगरपालिका ७ कलुवापुरमा स्थानीयको विवाहमा गएका थिए। २८ गतेबाटै सम्पर्क विहीन भएका सुविलको शव सोमबार बिहान गाउँ नजिकैको खोलमा आधा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायव निरीक्षक दिल बहादुर कुँवरले जानकारी दिए। 

उनको हत्या गरेको आशङ्कामा प्रहरीले एक युवती सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा आज बिहान उनको टि–सर्ट रगतले लतपतिएको अवस्थामा भेटिएको थियो। 

घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell