PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

जुडो : दोस्रो दिन आर्मीलाई पाँच स्वर्ण



पहिलोपोस्ट

जुडो : दोस्रो दिन आर्मीलाई पाँच स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १६औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ। दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते।

पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए। सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे। ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते। फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए। १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले आर्मीका रमेशबहादुर चन्दलाई पाखा लगाउदै स्वर्ण जिते।

महिला ७८ केजीमुनि आर्मीकी आकृति जोशी, ५२ केजीमुनि एपीएफकी देविका खड्का, ६३ केजीमुनि आर्मीकी निर्मला घर्ती मगर र ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भए। फाइनलमा आकृतिले प्रदेश ५ की दीपा गुरुङ, देविकाले प्रहरीकी दिलकुमारी छन्त्याल, निर्मलाले प्रहरीकी रेणुका थापा र पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई पाखा लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell