
काठमाडौँ : आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन्।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन्। ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए।
पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापा मगर च्याम्पियन बनिसकेका छन्। विपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेश्रो भए। दुवै प्रदेश ३ का हुन्।
पुरुष टिममा प्रदेश ३ पहिलो भयो। फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो। प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए।