
काठमाडौँ : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत छैटौँ दिनसम्मको खेल सकिँदा पदक तालिकामा विभागीय टिमको वर्चस्व रहेको छ। औपचारिक उद्घाटन बैशाख ५ गते हुने भएपनि केही खेलहरु २०७५ साल चैत २७ गतेदेखि सुरु भएको थियो।
त्यसयता ६ दिनको खेल सकिँदा त्रिभुवन बर्मी १८ स्वर्ण, २० रजत र १४ कास्यसहित कूल ५२ पदकका साथ पहिलो स्थानमा छ। आर्मीलाई पछ्याइरहेको नेपाल पुलिस र एपीएफ दोस्रो र तेस्रोमा छ। पुलिसले १३ स्वर्ण, १० रजत र ११ कास्यसहित ३४ पदक जितेको छ। यस्तै एपीएफले ११ स्वर्ण, ११ रजत र १६ कास्यसहित ३८ पदक जितेको छ।
पहिलो पटक प्रदेश हरु सहभागि भएको यस राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम र प्रदेश नम्बर २ अहिलेसम्म पदक तालिकामा अगाडि छ। यस्तै पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको एनआरएनएले पनि सोमवार स्वर्णको खाता खोलेको छ। कर्णाली प्रदेशले भने अझै स्वर्ण जित्न सकेको छैन।
पदकतालिका:
स्रोत : राखेप