PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले लेगानेससँग बराबरी खेल्दै अंक बाँडेको छ। लेगानेसको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।

रियलका लागि करिम बेन्जामाले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।

जोनाथन शिल्भाले पहिलो हाफको अन्तिममा गोल गर्दै घरेलु टोली लेगानेसलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन। रियलका लागि दोस्रो हाफको छैटौँ मिनेटमै बेन्जामाले बराबरी गोल फर्काए।

बराबरीपछि ३२ खेलबाट ६१ अंक जोडेको रियल अंकतालिकामा तेस्रो स्थानमा यथावत छ। ४१ अंकसहित लेगानेस ११औँ स्थानमा छ।

समान खेलबाट ७४ अंकसहित बार्सिलोना शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell