
वाटफोर्डलाई पराजित गर्दै आर्सनल प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा आर्सनलले दश खेलाडीमा झरेको वाटफोर्डलाई १-० ले पराजित गरेको हो।
खेलको दशौँ मिनेटमै पिएरे एमरिक ओवामेयाङले गरेको गोल नै आर्सनललाई ३ अंक दिलाउन निर्णायक बन्यो।
११औँ मिनेटमा ट्रो डिने रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि वाटफोर्डले करिब ८० मिनेट दश खेलाडीमा रहेर खेलेको थियो। तैपनि त्यसको फाइदा आर्सनलले उठाउन सकेन।
जितपछि आर्सनलले ३३ खेलबाट ६६ अंक जोडेको छ र अंकतालिकामा चेल्सी र म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ। एक खेल बढी खेलेको चेल्सीको पनि ६६ अंक नै रहेपनि आर्सनल गोलअन्तरमा अगाडि छ।
यस्तै ३३ खेलबाट ६७ अंकसहित टोटनहम तेस्रो स्थानमा छ भने ६४ अंक जोडेको युनाइटेड छैटौँ स्थानमा छ। यी चार क्लब यस सिजन शीर्ष चार भित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा छन्।
शीर्ष स्थानमा रहेको लिभरपुल (८५) र दोस्रो स्थानको म्यानचेष्टर सिटी (८३) ले च्याम्पियन्सि लिगमा स्थान पक्का गरिसकेका छन्।