PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

यू १९ विश्वकप छनोट: रोहितको अर्धशतक, प्रतीषको विष्फोटक ब्याटिङ, नेपालले दियो ओमानलाई २३० रनको लक्ष्य



पहिलोपोस्ट

यू १९ विश्वकप छनोट: रोहितको अर्धशतक, प्रतीषको विष्फोटक ब्याटिङ, नेपालले दियो ओमानलाई २३० रनको लक्ष्य
कप्तान रोहित, फाइल फोटो

कप्तान रोहित पौडेलको अर्धशतक (७५ रन) र प्रतीष जिसीको विष्फोटक ब्याटिङको मद्दतले यू १९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ।

मलेसियामा भइरहेको छनोट अन्तर्गत चौथो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको हो।

नेपालको लागि कप्तान रोहितले ८१ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन बनाए। ८१ रनमा ५ विकेट गुमेको अवस्थामा रोहितले भीम सार्कीसँग मिलेर छैटौँ विकेटका लागि ९२ रनको साझेदारी गरे। भीमले ४३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३९ रन योगदान गरे। 

१७८ रन हुँदा ९ विकेट गुमाएको नेपालको स्कोर उकास्ने क्रममा दशौँ नम्बरमा ब्याटिङ गरेका प्रतीषले ४१ रनको महत्वपूर्ण पारी खेले। उनले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे। दशौँ विकेटका लागि प्रतीषले सूर्य तामाङसँग नटआउट ५१ रनको साझेदारी गरे। सूर्य ७ रनमा नटआउट रहे।

ओमानका लागि मुजाहिर राजा, सन्जय रवीन्द्र, अजम अली र जिल तन्नाले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell