PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

नेपाली सेनामा ८ हजार १०२ जनालाई जागिरको अवसर, अमल्दारदेखि सैन्य सेवामा दरखास्त आह्वान

नेपाली सेनामा ८ हजार १०२ जनालाई जागिरको अवसर, अमल्दारदेखि सैन्य सेवामा दरखास्त आह्वान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाली सेनाले विभिन्न पदमा ८ हजार १०२ जना कर्मचारी माग गरेको छ। सेनाले देशभरका २९ वटा केन्द्रमार्फत लेखा जमदार कर्मचारी, मेडिकल, सिग्नल, ड्राइभर, वाद्यवाधक, कुचीकार, सूचीकार, धोबी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको हो।

सैन्य सेवाका लागि मात्रै ७ हजार ६३५ जना कर्मचारी माग गरेको छ।

योग्यता पुगेका नेपाली नागरिकले वैशाख तीन गतेदेखि जेठ एक गतेसम्म  आवेदन दिन सक्नेछन्। लेखा जमदार पदका लागि न्यूनतम प्लस टु उत्तीर्ण गरेको हुनु पर्नेछ। सहायक पण्डितको लागि कर्मकाण्ड विषयमा तीन सय पुर्णाङ्कको संस्कृत विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ।

अमल्दार कर्मचारीको लागि एसएलसी उत्तीर्ण गरेको हुनु पर्नेछ। सैन्य, ड्राइभर, वाद्यवाधकको लागि ८ कक्षा उत्तीर्ण गरेको भए पुग्छ।



ट्रेन्डिङ पोस्ट

Ncell