PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विश्वकप क्रिकेटका लागि बंगलादेशी टोली घोषणा



पहिलोपोस्ट

विश्वकप क्रिकेटका लागि बंगलादेशी टोली घोषणा

आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपका लागि बंगलादेशको टोली घोषणा भएको छ। मोसरफ मोर्ताजाको कप्तानीमा मंगलबार बंगलादेशको १५ सदस्यीय टोली सार्वजनिक भएको हो।

 

 

विश्वकप खेल्ने टोली घोषणा गर्ने बंगलादेश चौथो राष्ट्र बनेको छ। यसअघि न्यूजिल्याण्ड, अष्ट्रेलिया र भारतले टोली घोषणा गरिसकेका छन्।

३० मे देखि जुलाई १४ सम्म हुने विश्वकपका लागि न्यूजिल्याण्डले यसअघि नै केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

१२औँ संस्करणको विश्वकपमा आइसीसीको १० फूल मेम्बर सदस्य राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणमा कूल ४५ खेल हुनेछन्। त्यसपछि दुई सेमिफाइनल र एक फाइनल हुनेछ।

लिग चरणमा अंकतालिकामा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ।

 

बंगलादेशी टोली:

मोसरफ मोर्ताजा(कप्तान), तमिम इकवाल, लिटन दास (विकेटकिपर), सौम्य सरकार, मुस्फिकर रहिम (विकेटकिपर), महमुदुल्लाह, शकिब अल हशन, मोहमद मिथुन, सविर रहमान, मोसादेक होसेन, मोहमद सैफुद्दिन, मेहदी हसन, रुबेल हुसेन, मुस्ताफिजुर रहमान, अबु जायद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell