PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

पूर्व राजाको सवारीमा प्रयोग भएको गाडीले दिएको ठक्करबाट दोस्रो व्यक्तिको पनि मृत्यु



बीपी साह

पूर्व राजाको सवारीमा प्रयोग भएको गाडीले दिएको ठक्करबाट दोस्रो व्यक्तिको पनि मृत्यु

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीमा प्रयोग भएको गाडीले ठक्कर दिँदा घाइते भएका दुवै जनाको मृत्यु भएको छ।

गत बुधबार पूर्वराजा शाहलाई विराटनगर एयरपोर्ट छोडेर फर्किने क्रममा उनको सुरक्षार्थ खटिएको गाडीले ठक्कर दिँदा इटहरी उप महानगरपालिका ९ का २२ वर्षीय हेम चौधरी र प्रकाश चौधरी घाइते भएका थिए।

हेम चौधरीको दुर्घटना भएकै राति मृत्यु भएको थियो भने प्रकाश चौधरीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरीका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएको बा ३ च ७९६२ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो।
डिएसपी श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका जवान लम्साल विरुद्ध सवारी ज्यानको मुद्दा चलाइएको छ। 

यसैबीच, पूर्वराजा शाहको सचिवालयले उक्त गाडी पूर्व राजपरिवारको नभएको प्रष्ट पारेको छ। पूर्वराजा शाहका प्रेस सल्लाहकार फणि पाठकले भने, ‘पूर्वराजा सवार गाडीले ठक्कर दिएर मृत्यु भयो भन्ने हल्ला चलाइएको छ। वास्तविकता त्यो होइन। उक्त गाडी पूर्वराज परिवारको होइन। तर, सुरक्षार्थ सवारीमा प्रयोग भएको गाडी चाहिँ हो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell