PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मापसे गर्नेदेखि एक्लै हिँड्नेलाई पछाडिबाट प्रहार गरी लुट्ने भरिया ग्याङ प्रहरी फन्दामा



पहिलोपोस्ट

मापसे गर्नेदेखि एक्लै हिँड्नेलाई पछाडिबाट प्रहार गरी लुट्ने भरिया ग्याङ प्रहरी फन्दामा

काठमाडौः भारतबाट काठमाडौँमा आएर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले इन्द्रचोकबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला ठाना पकरीदयाल ढाका ग्राम घर भएका २० वर्षीय दीपक जैसवाल, १९ वर्षीय बिजु साह र सीतामडी जिल्लाका २१ वर्षीय राजकुमार राम रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले जानकारी दिए।

उनीहरूले रातिको समयमा मादक पदार्थ सेवन गरी एक्लै हिँड्ने र एकान्तमा भेटिएका मानिसलाई पछाडिबाट रडले प्रहार गरी लुट्ने गरेको एसपी सिंह बताउँछन्। 'उनीहरू भारतबाट लुट्ने तथा चोरी गर्ने योजनाले काठमाडौँमा आएको देखिन्छ,' एसपी सिंहले भने।

उनीहरूले लुटेको सामान टेकुस्थित चन्दन पोदारको घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेको  छ। कोठाबाट १ लाख ९८ हजार रुपैयाँ, ९ थान मोबाइल, ९ थान घडी, क्यामरा, मनी ब्याग लगायतका सामान बरामद गरेको हो।

हालसम्म उनीहरुले ५ वटा घटनामा उनीहरुको संलग्नता भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell